Skip to content
LAXMI SUNRISE BANK

लकडाउन अवधि थपियो, सेयर बजार के हुन्छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सरकारले लकडाउनको अवधि थप गरेसंगै नेप्सेले पनि वैशाख २५ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिको सोमबार बसेको बैठकले लकडाउन अवधिभर सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । सरकारले लकडाउन अवधि लम्ब्याएपछि नेप्सेले पनि सेयर बजार बन्द गर्ने घोषणा गरेको हो । 
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार (नेप्से) ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK