
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सोमबार लकडाउन उल्लंघन गर्ने १७ सय २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आज बिहान ६ देखि १० बजेसम्म लकडाउन उलंघन गर्नेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १३ सय ४७ पुरुष र तीन सय ८१ जना महिला रहेका छन्।
अत्यावश्यक काम बिना सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएकाहरुलाई तीन घण्टासम्म सार्वजनिक स्थानमा राखि लकडाउन पालना गर्ने सर्तमा छोडिने प्रहरीले जनाएको छ । साथै, पास बिना चलेका तीन सय ७० बटा सवारीसाधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्