×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको सामाजिक कार्य : स्वास्थ्य मन्त्रालयलाई १७ हजार थान सर्जिकल मास्क हस्तान्तरण

PRIME CA

शिखर इन्स्योरेन्सको सामाजिक कार्य : स्वास्थ्य मन्त्रालयलाई १७ हजार थान सर्जिकल मास्क हस्तान्तरण

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्वभर कोरोना भाइरसको महामारी फैलिएको सन्दर्भमा नेपालमा उत्पन्न भएको विषम परिस्थितिमा शिखर इन्स्योरेन्स कम्पनीले १७ हजार थान सर्जिकल मास्क स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शिखर इन्स्योरेन्सले आज सो मास्क हस्तान्तरण गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिँदै शिखर इन्स्योरेन्सले सो मास्क सहयोग गरेको बताए । शिखर इन्स्योरेन्स कम्पनीले उपलब्ध गराएको मास्कले स्वास्थ्यकर्मीहरुलाई काम गर्न थप सहज भएको जनाएका छन् ।
शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डेले वाटर एडमार्फत १५ वटा स्वचालित प्रणालीबाट हात धुने ट्याङ्की समेत हस्तान्तरण गर्न लागिएको जनाए । सफा रहौं, स्वस्थ रहौं भन्ने अभियानको क्रममा आफूहरुले सहयोग गरेको सिईओ पाण्डेले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: