×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई जना कोरोना संक्रमित भेटिएपछि रौतहटका दुई गाउँ सिल, जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो सूचना

PRIME CA
GLOBAL IME BANK

दुई जना कोरोना संक्रमित भेटिएपछि रौतहटका दुई गाउँ सिल, जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो सूचना

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । मंगलबार दुई जना कोरोना संक्रमित भेटिएसँगै  स्थानीय प्रशासनले रौतहटका दुई गाउँ सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो ।
भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरि र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँ चारकिल्ला तोकी सिल गरिएको छ । यस्तै नहरटोलमा पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदीको नहर दक्षिणमा नहर र उत्तरमा खसरहिया गाउँ चारकिल्ला तोकी इलाका सिल गरिएको छ ।
सिल गरिएको इलाकामा मानिस आउन र जान पाइने छैन । प्रवेश गरेमा कानून अनुसार कारबाही गर्ने प्रशासन कार्यालयले सूचना निकालेर जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: