Skip to content
LAXMI SUNRISE BANK

३ जना संक्रमित भेटिएसँगै बारा र पर्साका गाउँ नै शिल गरिँदै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
वीरगंज – बारा र पर्सामा तीन जना नयाँ कोरोना संक्रमित भेटिएपछि नेपाली सेनाले गाउँ नै शिल गर्ने तयारी गरेको छ । बुधबार बिहान बारामा २ र पर्सामा १ गरी ३ जना थपिएको नारायणी अस्पताल वीरगंजले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परिक्षणमा बारा, जितपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय र बाराको दक्षिणी पूर्वी भेगमा पर्ने सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय पुरुषमा कोरोना देखिएको हो । साथै पर्साको वीरगंज-२ छपकैयाका ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
थप संक्रमित भेटिएलगत्तै बारा-पर्सा प्रशासनले सेनाको सहयोगमा गाउँ सिल गर्ने तयारी गरिरहेको छ।संक्रमितहरुको नगरपालिकाको वडा भने सार्वजनिक गरिएको छैन। तिनै संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK