
- अर्थ सरोकार सम्बाददाता
वीरगंज – बारा र पर्सामा तीन जना नयाँ कोरोना संक्रमित भेटिएपछि नेपाली सेनाले गाउँ नै शिल गर्ने तयारी गरेको छ । बुधबार बिहान बारामा २ र पर्सामा १ गरी ३ जना थपिएको नारायणी अस्पताल वीरगंजले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परिक्षणमा बारा, जितपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय र बाराको दक्षिणी पूर्वी भेगमा पर्ने सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय पुरुषमा कोरोना देखिएको हो । साथै पर्साको वीरगंज-२ छपकैयाका ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
थप संक्रमित भेटिएलगत्तै बारा-पर्सा प्रशासनले सेनाको सहयोगमा गाउँ सिल गर्ने तयारी गरिरहेको छ।संक्रमितहरुको नगरपालिकाको वडा भने सार्वजनिक गरिएको छैन। तिनै संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्