×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दशा लागेपछि मति बिग्रियो सर ! म अर्बपति मान्छे, १० हजारमा लोभिएँ…स्टाफका लागि ल्याएको समान बढी मूल्यमा बेच्न खोजें’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘दशा लागेपछि मति बिग्रियो सर ! म अर्बपति मान्छे, १० हजारमा लोभिएँ…स्टाफका लागि ल्याएको समान बढी मूल्यमा बेच्न खोजें’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । थर्मल गनको कालोबजारीको आरोपमा पक्राउ परेका चर्चित व्यवसायीले आफु लोभमा परेर गलत काम गर्न पुगेको स्वीकारेका छन् । आफ्नो स्टाफका लागि समान ल्याएको बताउने उनले स्टाफ घर गएपछि उक्त समानलाई बेच्ने क्रममा आफुबाट गल्ती भएको स्वीकारेका हुन् । ‘दशा लागेपछि मति बिग्रियो सर ! म अर्बपति मान्छे, १० हजारमा लोभिएँ’’ बयानका क्रममा अग्रवालको भनाइ उधृत गर्दा दरबारमार्ग प्रहरी स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । शुक्रबार उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । बयानसकेर उनलाई पुन: महानगरीय प्रहरी वृत, दरबारमार्ग लागिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई गत आइतबार पक्राउ गरेको थियो । आफैं ग्राहक बनेर डिल गर्ने क्रममा उनले कालोबजारी गरेको पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अग्रवाल कूटनीतिक नियोगको २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मलगन राखेर बेच्न नक्साल पुगेका थिए । उक्त गाडीसमेत प्रहरीले बरामद गरेर अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ । सरकारी नियोगको गाडी दुरुपयोग गरेको पाइएपछि सरकारले उनको पदसमेत खारेज गरिसकेको छ । बुधबार कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक हप्ता हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई दरबारमार्गको हिरासतमा राखिएको छ । 
थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । शुक्रबार अर्थ सरोकार डटकमसँग विशेष कुराकानी गर्दै उनले यस प्रकरणमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । ‘म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको छ । दोषी ठहरिए उनलाई कालोबजारी ऐनअनुसार कारवाही हुन्छ ।’ अपराध महाशाखाका एसएसपी सहकुल थापाले अर्थ सरोकार डटकमसँग भने ।
अग्रवाल जगदम्बा सिमेन्ट्स र जगदम्बा स्टिल्सका मालिक हुन् भने उनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्षसमेत हुन् । कालोबजारी गरेको प्रमाणित भएको खण्डमा उनको युनियन लाइफ इन्स्योरेन्सको अध्यक्ष पद स्वत: खारेज हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: