×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोबजारी शुलभ अग्रवाललाई हिरासतमा ‘ज्वाईं’जस्तो व्यवहार ! हतकडी लगाईएन, चुरोट खान फ्री !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

कालोबजारी शुलभ अग्रवाललाई हिरासतमा ‘ज्वाईं’जस्तो व्यवहार ! हतकडी लगाईएन, चुरोट खान फ्री !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ । थर्मल गनको कालोबजारीको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी शुलभ अग्रवाल अहिले प्रहरी हिरासतमा छन् । हिरासतमा राख्न ७ दिनको म्याद थप भएपछि उनी अहिले हिरासतमा रहेका हुन् । कानुनी नजरमा उनी ‘अभियुक्त’ हुन् । उनले आफ्नो गल्ती स्वीकारेर प्रहरी समक्ष बयान दिएका छन् भने सरकारी वकिलको कार्यालयमा पनि उनले आफ्नो गल्ती स्वीकारेर बयान दिएका छन् । अव अदालतले उनलाई कानुन बमोजिम सजाय सुनाउँछ वा सफाई दिन्छ त्यो भने हेर्न बाँकी नै छ ।
https://arthasarokar.com/2020/04/Shulav-Agrawal-2.html
प्रज्वलनशील बस्तु बोकेर बयानमा जानसमेत छुट !
तर प्रहरी हिरासतमा रहँदा उनलाई प्रहरीले असामान्य व्यवहार देखाएको छ । सामान्यतया पक्राउ परिसकेपछि मेडिकल टेष्टमा लैजाँदा वा बयानका लागि लैजाँदा हतकडी लगाउने गरिन्छ । तर उनलाई भीआइपी भएकै कारण हतकडी लगाईएको छैन । अर्को जटिल विषय भनेको उनी हातमा लाइटर नै बोकेर सरकारी वकिलको कार्यालयसम्म पुगेका छन् । लाइटर प्रज्वलनसील बस्तु हो । यो कुनै अभियुक्तलाई दिन नहुने चीज हो । तर उनलाई यसमा पनि छुट छ । उनलाई हिरासतमा भनेको बेला चुरोट खान पनि छुट छ । समग्र मा प्रहरीले ज्वाई पाराले राखेको छ अग्रवाललाई । सुरुमा आफ्नो स्टाफका लागि समान ल्याएको बताउने उनले स्टाफ घर गएपछि उक्त समानलाई बेच्ने क्रममा आफुबाट गल्ती भएको स्वीकारेका हुन् । ‘दशा लागेपछि मति बिग्रियो सर ! म अर्बपति मान्छे, १० हजारमा लोभिएँ’’ बयानका क्रममा अग्रवालको भनाइ उधृत गर्दा दरबारमार्ग प्रहरी स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । शुक्रबार सरकारी वकिलको कार्यालयमा उनको बयान सकिएको छ ।

https://arthasarokar.com/2020/04/Interview-Sahakul-Thapa.html
चौतर्फी दबाब, घरबाटै खाना ! के भन्छ प्रहरी ?
यसो त उनलाई तत्काल छुटाउन धेरै ठाउँबाट दबाबसमेत आइरहेको चर्चा छ । तर डीआइजी सहकुल थापाले भने प्रहरीले कसैको पनि दबाब नमान्ने र यो प्रकरणमा पनि दबाब नआएको दाबी गरेका छन् । ‘एक त दबाब आएकै छैन । आए पनि हामी त्यसलाई मान्नेवाला छैनौं । कसैको दबाबमा पर्ने खालको प्रहरी हाम्रो होइन ।’ उनले दाबी गर्दै अर्थ सरोकार डटकमसँग भने । अग्रवाललाई भेट्न उनका बाबु, साथीहरु लगायत हिरासतमै पुगेका छन् । उनलाई हिरासतमा अश्लील शब्द बोल्न पनि छुट छ । उनले बेला बेला निकै अश्लील शब्द बोल्दा पनि प्रहरीले उनलाई गाली गर्दैन । यसो त पक्राउ परेकै दिन पनि उनले प्रहरीको गाडी नै फुटाइदिएका थिए । तर पनि प्रहरी चुप लागिरह्यो । अहिले उनलाई हिरासतको खाना नरुचेपछि घरबाट नै खाना लगेर खुवाउने व्यवस्थासमेत गरिएको छ । 
https://arthasarokar.com/2020/04/Shulav-Agrawal-1-.html
हतकडी नलगाइएको तस्विरले चौतर्फी विरोध ! 
भिआइपी भएकै कारण यसरी हिरासतको अभियुक्तआई गरिएको गलत व्यवहारले प्रहरीको तिब्र आलोचना हुने गरेको छ । उनलाई लाइटर बोकेकै अवस्थामा बयानका लागि लगिएको तस्विर र भिडियो अर्थ सरोकारले सार्वजनिक गरेपछि उनको थप आलोचना हुन थालेको छ । स्मरण रहोस् उनी जगदम्बा स्टिलस्, जगदम्बा सिमेन्ट लगायतका कम्पनीका मालिक हुन् भने युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्षसमेत हुन् । उनी कालोबजारी केसमा पक्राउ परेपछि अव उनी युनियन लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडमा अध्यक्षको रुपमा बस्न पाउने छैनन् भने अरु कम्पनीको भने उनी आफैं मालिक भएकाले केहि हुनेवाला छैन । सरकारले उनको कुटनीतिक पद खारेज गरिसकेको छ । 
https://arthasarokar.com/2020/04/Shulav-Agrawal-5.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: