×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगापुरमा कोरोना संक्रमितको संख्या बढेपछि लकडाउन समय थप, अव जुन १ तारिखसम्म

LAXMI SUNRISE BANK

सिंगापुरमा कोरोना संक्रमितको संख्या बढेपछि लकडाउन समय थप, अव जुन १ तारिखसम्म

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
सिंगापुर – सिंगापुरमा लकडाउन चार हप्ता थप गरेको छ । सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पुर्याएको छ । सिंगापुरमा कोरोना संक्रमितको संख्या नौ हजार नाघिसकेको छ । 
प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार सम्बोधन गर्दै हालका कडा प्रावधानहरुलाई आगामी मे ४ सम्म यथावत राखिने बताए। उनले मे ४ पछि पनि हालका कडा नियमहरुलाई पूर्ण रुपमा हटाउन असमर्थ छौं भन्दै परिस्थितिलाई राम्रोसँग मुल्गयांकन गरेर नै अरु चार हप्ता आंशिक लकडाउन कायम गरिएको स्पष्ट गरे ।
समुदाय स्तरमा संक्रमितको संख्या घटेको अवस्थामा लकडाउनका कतिपय कठोर प्राबधानलाई परिमार्जन वा संशोधन गरिने उनले बताए । प्रधानमन्त्री लूङले सरकारले आंशिक लकडाउनको अवधि लम्ब्याएकामा धेरै व्यक्ति अप्रसन्न भए पनि यसका लागि बाध्यकारी भएको बताए ।
“खासगरी हाम्रा व्यवसाय र कामदारहरुलाई यस लकडाउनले सबैभन्दा बढी असर पारेको छ । तर यो छोटो अवधिको दुःखले भाइरसको महामारीलाई परास्त गर्न मद्दत पुग्नेछ, स्वास्थ्यमा सुधार ल्याउन तथा आफ्ना मानिसलाई महामारीबाट जोगाउन सकिनेछ ” प्रधानमन्त्री लूङले भने ।
सिंगापुरमा जारी आंशिक लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका अधिकांश व्यवसाय र स्कुलहरु बन्द गरिएका छन् । हालसम्म सिंगापुरमा १० हजार १ सय ११ जना कोरोना संक्रमित छन् भने ११ जनाको मृत्यु भईसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी