×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पेनमा फेरि बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, पछिल्लो २४ घण्टामा मात्रै ७५७ को मृत्यु, संक्रमितको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK

स्पेनमा फेरि बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, पछिल्लो २४ घण्टामा मात्रै ७५७ को मृत्यु, संक्रमितको अवस्था कस्तो ?

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्पेनमा कोरोना भाइरसको कहर फेरि आक्रामक देखिन थालेको छ । पछिल्लो दुई दिनमा संक्रमणको कारण मर्नेको संख्या लगातार बढ्दै गएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार बुधबार मात्रै ७५७ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हालसम्म स्पेनमा संक्रमणबाट मर्नेको संख्या १४ हजार ५५५ छ ।
पछिल्लो बिहिबार कोरोना संक्रमणबाट मृत्यु हुनेको दैनिक आँकडा ९५० सम्म पुगेको थियो । त्यससँगै घटको आँकडा मंगलबार अचानक बढोत्तरी आएको हो । बुधबार नयाँ संक्रमितहरुको संख्या पनि ह्वात्तै बढेको देखिएको छ । पछिल्लो समय विश्वमा इटलीपछि स्पेनमा संक्रमितको संख्यामा पनि बढोत्तरी आएको छ । स्पेनमा हालसम्म १ लाख ४६ हजार बढि संक्रमित फेला परेका छन् ।
स्पेन सरकारले कोरोना भाइरसको फैलावटलाई रोकथाम गर्न आगामी १४ मार्चसम्म कडा लकडाउनको घोषणा गरेको थियो । मानिसहरुलाई खाद्यान्न, स्वास्थ्य उपचार र जरुरी काम बाहेक घरबाहि निस्कन प्रतिबन्ध छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी