×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पेनमा लकडाउन खुकुलो बनाउने तयारी, अप्रिल २७ गतेदेखि बालबालिका घरबाहिर निस्कन पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्पेनमा लकडाउन खुकुलो बनाउने तयारी, अप्रिल २७ गतेदेखि बालबालिका घरबाहिर निस्कन पाउने

Artha Sarokar

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • एजेन्सी 
काठमाडौँ – स्पेनमा एक महिनाको लकडाउनपछि सरकारले केही खुकुलो बनाउने भएको छ । लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिकाहरु घर बाहिर निस्किन पाउने भएका छन् । 
स्पेनले सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको हो । प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो बनाउने र बालबालिकाहरुलाई घरबाहिरको ताजा हावा लिन दिने प्रतिबद्धता जनाएका छन् । तर यो कसरी गरिनेछ भनेर उनले केही जानकारी दिएका छैनन् ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा लगाइएको लकडाउनलाई ९ मेसम्म बढाउने घोषणा गरेका छन् । प्रधानमन्त्रीले देशको हालको स्थिती हेर्दा लकडाउनलाई थप १५ दिनसम्मका लागि बढाउनका लागि संसदलाई गुहार्ने बताएका छन् ।
स्पेनमा १४ मार्चदेखि देश पूर्ण रुपमा लकडाउन छ । शनिबार देशमा कोरोनाभाइरसका कारण भएको मृतकको आँकडा साढे २० हजार पार गरेको छ । यो आँकडासहित कोरोनाभाइरसका कारण हुने मृत्युको संख्यामा स्पेन तेस्रो स्थानमा परेको छ ।  वर्ल्डोमिटर्सका अनुसार पहिलो स्थानमा ३९ हजार बढी मृतकसहित अमेरिका पहिलो स्थानमा परेको छ, २३ हजार बढी मृतकको संख्यासहित इटली दोस्रो स्थानमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी