×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’ प्रभाव : आफ्ना ७६ जना विद्यार्थी बोकेर काठमाडौंबाट उड्यो श्रीलंकन एयरको जहाज

LAXMI SUNRISE BANK

‘लकडाउन’ प्रभाव : आफ्ना ७६ जना विद्यार्थी बोकेर काठमाडौंबाट उड्यो श्रीलंकन एयरको जहाज

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । श्रीलंकाले नेपालमा रहेका आफ्ना विद्यार्थीलाई स्वदेश फिर्ता लगेको छ । शुक्रबार श्रीलंकाले श्रीलंकन एयरको जहाजमार्फत आफ्ना  ७६ जना विद्यार्थीलाई स्वदेश फिर्ता लगेको हो । चार्टर्ड जहाज काठमाडौंबाट साढे १२ बजे कोलम्बोका लागि उडेको हो । 
श्रीलंकाले केही दिनअघिदेखि दक्षिण एसियाली मुलुकहरूबाट आफ्ना विद्यार्थीलाई फिर्ता लगिरहेको छ ।नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लम्बिएपछि विभिन्न मुलुकका हजारौं मानिस फसेका थिए । 
यसरी छुटेका मानिसहरुलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा फिर्ता लैजाने क्रमः जारीनै छ । लकडाउनको अवधिभर विभिन्न मुलुकहरुले आफ्ना नागरिकहरु फिर्ता लागिरहेका छन् । कोरोना भाइरसले विश्वव्यापी रुप लिएपछि नेपालले ४ चैतपछि अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी