×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोनाको पहिलो ‘लोकल ट्रान्समिसन’ : अवस्था जटिल मोडतिर #StaysafeNepal

LAXMI SUNRISE BANK

नेपालमा कोरोनाको पहिलो ‘लोकल ट्रान्समिसन’ : अवस्था जटिल मोडतिर #StaysafeNepal

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपालमा शनिबार थप तीन जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । जसमध्ये  एकजनामा ‘लोकल ट्रान्समिसन’ देखिएको छ । संक्रमित ८ व्यक्ति कोरोना प्रभावित देशबाट आएका थिए भने १ जनामा पहिलो पटक स्थानीय स्तरमा उक्त भाइरस सरेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 
स्वास्थ्य मन्त्रालयले दुबईबाट फर्किएका संक्रमित युवकका आफन्त अर्थात उनकी भाउजुमा कोरोना भाइरस सरेको पुष्टि गरेको छ । कैलालीकी ३४ वर्षीया महिलामा भाइरसको संक्रमण देखिएसँगै नेपालभित्र पहिलोपटक एक  व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि भएको हो।
जसले नेपालको अवस्था थप गम्भीर भएको देखाएको छ । संक्रमितबाट थप संक्रमण फैलिएको हुनसक्ने देखिएको छ। गत चैत ७ गते दिल्ली हुँदै भिस्तराबाट आएका युवक संक्रमित थिए। उनको उपचार भइरहेको छ। उनैबाट नेपालमा पहिलो लोकल ट्रान्समिट भएको देखिएको हो ।
शनिवारसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमति हुनेको संख्या ९ पुगेको छ भने १ जना निको भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी