×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन लम्ब्याउन सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो केन्द्र सरकारलाई सिफारिस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लकडाउन लम्ब्याउन सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो केन्द्र सरकारलाई सिफारिस

Artha Sarokar

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले साढे ३ बजे प्रदेशबासीका नाममा सम्बोधन गर्ने
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । शनिबार कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेश सरकारले केन्द्र सरकारलाई लकडाउन लम्ब्याउन सिफारिस गरेको हो । प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको हो । 
कोरोना भाइरसको जोखिमको रोकथाम तथा नियन्त्रण लागि सरकारले चैत ११ गतेदेखि देशभर गरेको लकडाउन चैत २५ गते राति १२ बजेसम्म कायम रहनेछ । तर लकडाउनको अवधिमा पनि संक्रमण थपिएको र लकडाउनको पूर्णपालना नभएको भन्दै लकडाउनलाई थप कडाई गर्ने निर्णय संघीय सरकारले गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी