Skip to content
LAXMI SUNRISE BANK

व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जिल्ला प्रशासन कार्यालयले कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न प्रहरीलाई आइतवार अनुमति दिएको छ ।
ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको अभियोगमा चैत २५ गते पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौले कालोबजारी गरेको अभियोगमा अग्रवाललाई मिसिल जिल्ला प्रशासन कार्यालयमा पेश गर्दा अनुसन्धान गर्न म्याद थप गरिएको हो ।
जगदम्बा सिमेन्ट, छड र धागो उद्योगका सञ्चालक अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुईपटक गरेर १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो, जुन म्याद शनिवार नै सकिएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK