×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको थुनछेक बहस आज हुँदै !

LAXMI SUNRISE BANK

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको थुनछेक बहस आज हुँदै !

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बढी मुल्यमा थर्मल गन बिक्री गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको मुद्दामा आज थुनछेक बहस हुने भएको छ ।
उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दर्ता गरेको थियो ।  उनलाई यसअघि ३ पटकसम्म म्याद थप गरी २२ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको थियो । उनी ३ हजार मूल्य पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दा गर्दै चैत २५ गते नक्सालबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई ६७ थानसहित पक्राउ गरेको थियो ।
उनमाथि कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी