×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको आशंकामा भर्ना गरिएकाका छिमेकिको गुनासो, ‘जचाउन पनि गएका थिएनन्, डर लागेको छ…’

PRIME CA

कोरोनाको आशंकामा भर्ना गरिएकाका छिमेकिको गुनासो, ‘जचाउन पनि गएका थिएनन्, डर लागेको छ…’

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएपछी सनसिटीमा बस्ने अन्य छिमेकीहरु आत्तिएका छन् । २८ दिनअघि बेलायतबाट आएका ३ जनालाई अहिले पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताएका छन् ।
उनका एक छिमेकीले दिएको जानकारी अनुसार सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । जसमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए । जचाउन गएका थिएनन्, कोरोना ल्याएका छन् कि भन्ने डर थियो । आज त अस्पताल लगिएछ । झन् डर लागेको छ ।’  ती छिमेकीले भने। 
तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टसिलबन्दी गरेको छ भने अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: