×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकै परिवारका ३ जनालाई कोरोना भेटिएएको आशंकापछि अपार्टमेन्ट सिलबन्दी, प्रहरी परिचालन !

PRIME CA

एकै परिवारका ३ जनालाई कोरोना भेटिएएको आशंकापछि अपार्टमेन्ट सिलबन्दी, प्रहरी परिचालन !

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

कोरोना भाइरस काठमाडौँ छिरेको संकेत देखिएको छ । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका उनीहरूमा र्‍यापिड टेस्ट गर्दा शंका लागेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो ।  तीनजनामध्ये आमा, छोरा र बुहारी छन्।

अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले पुष्टी गरे । ‘आधा घण्टाजस्तो भयो उहाँहरूलाई भर्ना गरिएको। उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।

यसैबीच एकै परिवारका ३ जनालाई कोरोना भेटिएको आशंकापछि सनसिटी अपार्टमेन्ट सिलबन्दी गरिएको छ  भने, उच्च सताकर्ता अपनाउन प्रहरी तैनाथ गरिएको छ।

यसअघि एकै परिवारका ३ जनालाई कोरोना भेटिएएको आशंकापछि अपार्टमेन्ट सिलबन्दी, प्रहरी परिचालन !हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: