
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लकडाउनको उल्लङ्घन गरेको , सरकारी पासको दुरुपयोग गरेको र सार्वजनिक रुपमा सरकारी उर्दी नमानेको भन्दै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सोहि बैंकका आरतीविरुद्ध लकडाउनको उल्लङ्घन गरेको भन्दै एकजनाले जिल्ला प्रशासन कार्यालयमा प्रचलित कानुन बमोजिम नीज दुइ जनालाई १ सय रुपैयाँ जरिवाना र १ महिना कैद गराई पाउँ भनी उजुरी दर्ता गराउने भएका छन् । अर्थ सरोकारले प्रकाशन गरेको उनीहरुको कर्तुतको समाचारसहित उक्त उजुरी गर्न लागिएको हो ।

उनीहरुले लकडाउन उल्लङ्घन गरेको र सरकारी पास दुरुपयोग गरेको पुष्टी भएमा १०० रुपैयाँ जरिवाना र १ महिना कैद बस्नुपर्ने नियम छ । उनीहरुले लकडाउन उल्लङ्घन गरेको, सरकारको उर्दी नमानेको र सरकारी पासको दुरुपयोग गरेको प्रमाणित भइसकेको छ । उनीहरु सरकारी पासको दुरुपयोग गर्दै लकडाउनको समेत उल्लङ्घन गर्दै राती नवनियुक्त गर्भार्नरकहाँ बधाई दिन पुगेका थिए । त्यो पनि मास्क नलगाई र दुरी कायम नगरी।
यस विषयमा सनराइज बैंकका सीइओ रआरती राणाले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यद्यपी यो घटना मिलाउन जनक पौड्यालका केहि निकट मान्छेहरु लागिपरेका छन् । उनीहरुले यो घटना मिलाउन भन्दै दलाली गरिरहेका छन् । बैंकले गल्ती स्वीकारेर आफ्ना सीइओले गभर्नर भेटेको उक्त तस्विर बैंकको फेसबुक पेजबाटसमेत हटाइसकेको छ । यता गभर्नरलेसेमत गल्ती स्वीकार्दै सबैलाई घरमै बस्न आग्रह गरी ट्वीट गरिसकेका छन् । यो देशमा कानुन ठुलालाई पनि लाग्छ इ सानालाई मात्र हो भन्ने कुरा भने हेर्न बाँकी नै छ । हामी निरन्तर यो प्रकरणको फलोअपमा छौँ । हामी बैंकका अधिकारी हरुको प्रतिक्रिया लिन खोजिरहेका छौँ । उक्त प्रतिक्रियासहितको फलोअप समाचार छिट्टै प्रकाशन गर्नेछौँ ।
https://arthasarokar.com/2020/04/Sunrise-bank-4.html
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्