
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा निजी क्षेत्रले पाँच लाख एक हजार २१५ रुपैयाँ जम्मा गरेका छन् । कोरोनाबाट बच्न वीरेन्द्रनगर नगरपालिकाले विभिन्न संघसंस्थाहरुलाई सहयोगको अपिल गरेको थियो । सोही अनुसार कोरोना कोषमा निजी क्षेत्रले पाँच लाख एक हजार २१५ रुपैयाँ जम्मा गरेका हुन् ।
कोषमा वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न बैंक, वित्तीय संस्था, सहकारी, सामुदायिक वन, उद्योगी, व्यवसायील रकम जम्मा गरेका छन् । नगरपालिकाका अनुसार कोषमा इसाई समाज सुर्खेतले दुई लाख १० हजार ५००, प्रभु बैंकले एक लाख ५० हजार, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन)ले एक लाख, करैखोला सहकारी संस्थाले २५ हजार ५२५, कृषि तरकारी समूह वीरेन्द्रनगर–११ ले १० हजार १९० र वीरेन्द्रनगर–८ निवासी आरन व्यवसायी उदिराम चुनाराले पाँच हजार सहयोग गरेका छन् ।
कोरोनाविरुद्ध लड्न सबै प्रदेशले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा स्थापना गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्