×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा सुजुकीको सहयोग : एम्बुलेन्स लगायतका सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु

LAXMI SUNRISE BANK

लकडाउनमा सुजुकीको सहयोग : एम्बुलेन्स लगायतका सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु गरेको छ ।
कम्पनीले यो सेवा सुचारु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकलहरुको पालना गर्नेछ । ‘यो संकटको समयमा आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स र सुरक्षा संयन्त्रका गाडीहरु बिनासमस्या चल्न दिनु हाम्रो जिम्मेबारी हो । र, यसका लागि हाम्रोे प्राविधिक र सर्भिसिङको दक्ष टोली सुरक्षा प्रोटोकलको पालना गरेर तत्पर अवस्थामा छ।’ सीजी मोटोकर्पल भनेको छ । 
धोबीघाटस्थित कम्पनीको सर्भिस सेन्टरबाट लकडाउन अवधिमा एक्सप्रेस सर्भिस सुरु गरेको हो । साथै, कम्पनीको सञ्जालमा रहेका अन्य सर्भिस सेन्टरमा पनि जतिसक्दो चाँडो यो सेवा सुरु गरिनेछ । कम्पनीले सुजुकी गाडीसम्बन्धी कुनै पनि जिज्ञासाको जवाफ दिन कम्पनीले सर्भिस हटलाइन नम्बर ९८०१५७१५७१ समेत संचालनमा ल्याएको छ । 
कम्पनीले देशभर रहेका ३९ वटा सर्भिस सेन्टरमार्फत सुजुकीका ग्राहकलाई निरन्तर सम्पर्क गर्नुका साथै कुनैपनि समयमा उपलब्ध हुने प्रबन्ध मिलाइएको छ । ग्राहकले सुजुकीको आधिकारिक फेसबुक पेजमार्फत समेत सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी