
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरस संक्रमित आठै जनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा.विकास देवकोटाले संक्रमित सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।
नेपालमा हालसम्म ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा १ जना भने निको भईसकेका छन् । सेती प्रादेशिक अस्पतालमा ४ जना र टेकु अस्पतालमा २ जना र बाग्लुङमा २ जना कोरोना भाइरस संक्रमितको उपचार भईरहेको प्रवक्ता देवकोटाले बताए ।
कैलाली र कञ्चनपुरमा र्यापिड डानोष्टिक टेष्ट र नमुना स्वाव परिक्षण भइरहेको पनि उनले बताए । साथै कैलालीमा १८ र कंञ्चनपुरमा २१ नमुना संकलन भएको छ भने जुम्ला र अछाममा पनि नमुना संकलन गर्ने तयारी भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्