
- अर्थ सरोकार सम्बाददाता
तनहुँ – तनहुँमा आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति भएको छ । जिल्लाको व्यासनगरपालिका–७ स्थित सामली बाँसपानीमा सोमबार विद्युत् सर्ट भई स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको घरमा आगलागी हुँदा करिब १३ लाख बराबरको धनमाल क्षति भएको हो ।
वडाध्यक्ष सतिशचन्द्र न्यौपानेका अनुसार तिलविक्रमको सात लाख र गोकर्णको छ लाख बराबरको क्षति भएको छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि गए पनि नियन्त्रणमा लिन नसकिएको उनले बताए । आगलागी भएपछि दुई घरका १५ जनाको बिचल्ली भएको छ ।
उनीहरुको खान बस्नका लागि सामली बाँसपानी टोल विकास संस्थालाई जिम्मा लगाइएको छ । वडामार्फत पनि उनीहरुलाई राहतको लागि व्यवस्था गर्न लागिएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्