
काठमाडौँ – तनहुँको शुक्लागण्डकी नगरपालिकाले कोभिड–१९ को जोखिम नियन्त्रण र राहत सामग्री व्यवस्थापनका लागि रु ६० लाखको कोष खडा गरेको छ । कार्यपालिकाको बैठकले प्रकोप व्यवस्थापन कोष खडा गरेर रु ६० लाख बजेट विनियोजन गरेको हो । सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सामग्री खरिद, सचेतना, राहत वितरणलगायत लागि कोष बनाइएको नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो । नगरपालिकाले विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई आफूखुशी राहत वितरणमा रोक लगाएको । त्यस्ता व्यक्ति तथा सङ्घसंस्थाले नगरपालिकासँग सहकार्य गरेर मात्रै राहत वितरण गर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।
नगरपालिकाले भाडामा लगाएको व्यावसायिक सटरको चैत महिनाको शुल्क छुट दिने निर्णयसमेत गरेको छ । नगरपालिकाले खैरेनीटार बजारमा ३५ सटर भाडामा लगाएको छ । नगरपालिकाको यो निर्णयअनुसार रु दुई लाख ८० छुट भएको छ । भारतलगायतका तेस्रो मुलुकबाट आउने नगरपालिकाका नागरिकलाई अनिवार्य १५ दिन क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरुलाई नगरपालिकाको प्रवेशद्वार शेराफाँटमा स्वास्थ्य जाँच गरी सिधैँ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी ज्याला मजदुरीको भरमा जीवन निर्वाह गरेका विपन्न वर्गलाई राहत वितरण गर्न लागिएको र नगरप्रमुख गुरुङको संयोजकत्वमा आपूर्ति समितिसमेत गठन गरेको छ ।
व्यास नगरपालिकामा २५ लाखको कोष
सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि आवश्यक सामग्रीको व्यवस्थापनका लागि रु २५ लाखको कोष बनाएको छ । व्यास नगरपालिका क्षेत्रभित्र कुनै पनि प्रकारको राहत सामग्री वितरण गर्न चाहने व्यक्ति तथा सङ्घसंस्थाले नगरपालिकासँग समन्वय गरेर मात्र राहत सामग्री वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
म्याग्देमा पनि २५ लाखको कोष
म्याग्दे गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा रु २५ लाख विनियोजन गरेको छ । आवश्यक सामग्री खरिद, राहत वितरणलगायतका लागि उक्त कोष निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्