×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका तरकारी बजारहरुमा कोरोनाको त्रास, होस् गरौँ है, लाग्ला नि परिवारकै उठिबास ! (भिडियो)

PRIME CA

काठमाडौँका तरकारी बजारहरुमा कोरोनाको त्रास, होस् गरौँ है, लाग्ला नि परिवारकै उठिबास ! (भिडियो)

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बाजरमा उपभोक्ताहरुको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जना भन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा सयौंको संख्यामा तरकारी खरिद गर्नेको भिड हुने गरेको छ । सोमबार बिहान काठमाडौंको पुरानो बसपार्क, लैनचौर, टुकुचा, तीनकुने लगायतका ठाउँमा रहेका तरकारी बजार पुग्दा मानिसहरुको भिडभाड देखियो । तरकारी बाजारमा झुण्डझुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए । 
सामाजिक दुरी कायम गर्ने विषयलाई बेवास्ता गर्दै मानिसहरुले तरकारी किनिरहेका थिए । बजारमा साबुन पानीले हात धुने व्यवस्था पनि गरिएको छैन् । यस्तै स्यानिटाइजरको प्रयोग पनि भएको देखिदैन् । केही व्यक्तिहरुले मास्क र पञ्जा भने लगाएको देखिन्छ । अस्थायी बजारको रुपमा रहेका यस्ता तरकारी बजारमा उपभोक्ताको भिडभाड अस्वभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ । यस्तै काठमाडौंको भृकुटीमण्डप स्थित टुकुचा बजारमा पनि तरकारी खरिद गर्नेको भिडभाड छ । 
यो अस्थायी बजार भने होइन् । सरकारले करिब दुई साता अघि कालिमाटी तरकारी बजारमा भिडभाड बढेको भन्दै उपत्यकाका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालनमा ल्याएको थियो । यसबाहेक पनि व्यापारीहरुले उपत्यकाका कतिपय चोकमा सडकमै तरकारी विक्री गर्न राखेका छन् । तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दा सयौंको संख्यामा भिड लाग्ने गरेको छ भने यसबाट कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । हेर्नुहोस् भिडियो रिपोर्ट:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: