×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी ११ स्थानमा तरकारी बजार सञ्चालन, तपाईको पायक पर्ने ठाउँ कहाँ ?

LAXMI SUNRISE BANK

यी ११ स्थानमा तरकारी बजार सञ्चालन, तपाईको पायक पर्ने ठाउँ कहाँ ?

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११ स्थान तोकेको छ । महानगरपालिकाले कलङ्की , बाफल , स्वयम्भू , वनस्थली , गोङ्गबु, वसुन्धरा, गोपीकृष्ण हल , तीनकुने , लैनचौर, रत्नपार्क र कोटेश्वर चोक तोकेको हो । लकडाउनका बेला बल्खु र कालीमाटी तरकारी बजारको भीडभाड कम गर्न कामपाले  यस्तो गरेको हो । 
कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले पहिलो चरणमा ११ स्थानबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको जानकारी दिए । यी स्थानबाट  बिहान ८ः०० बजेसम्म तरकारी तथा फलफुल किन्न पाइनेछ ।हाल कालीमाटी फलफूल तथा तरकारी बजार पूर्णरुपमा बन्द रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी