×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तातोपानी नाका पुनः सञ्चालनमा, पहिलो ‘लट’मा भित्रिए यस्ता वस्तु…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तातोपानी नाका पुनः सञ्चालनमा, पहिलो ‘लट’मा भित्रिए यस्ता वस्तु…

Artha Sarokar

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिल्धुपाल्चोक । तातोपानी नाका सञ्चालनमा आएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको ‘हेल्थ डेस्क’ राखेर हिजो साँझबाट नाका सञ्चालनमा  आएको हो । उक्त नाकाबाट पहिलो लटमा मास्क र सेनिटाइजर भित्रिएका छन् । प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीको छलफल पछि सुरक्षित रूपमा नाका खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । 
बिएम डेर्डीका व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले परीक्षण गरेर नेपाली चेकपोस्ट ल्याइदिएको पौडेलले बताए । ७५ सय वटा मास्क र ५ सय सेनिटाइजर हेल्थ डेस्कमा जाँचेर भन्सार कार्यालयको यार्डमा लगिएको थियो । चीनबाट भित्रिएका उक्त वस्तु नाकामा कीटनाशक औषधि छर्केर काठमाडौं पठाइएको बताइएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि गत माघ १३ गतेदेखि तातोपानी नाका बन्द थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी