Skip to content
LAXMI SUNRISE BANK

टेकु अस्पतालको आइसोलेनमा रहेका दुई नर्सको पीसीआरमार्फत कोरोना परिक्षण, यस्तो आयो रिपोर्ट…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सको पीसीआर रिपोर्ट  नेगेटिभ आएको छ । मंगलबार र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । 
ती नर्सलाई दुई पटक गरिएको र्‍यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएपछि टेकु अस्पतालको आईसोलेनमा भर्ना गरिएको थियो । नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिमार्फत परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पताल स्रोतले जनाएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ । 
नेपालमा अहिलेसम्म ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । जसमा  ५ जना निको भएर घर फर्किएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK