×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसबाट बच्न २० युवती लिएर जर्मनी फरार भए थाईल्याण्डका राजा, जनता आक्रोशित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना भाइरसबाट बच्न २० युवती लिएर जर्मनी फरार भए थाईल्याण्डका राजा, जनता आक्रोशित

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आफ्नो मुलुकमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि जर्मनी भ्रमणमा निस्केका थाइल्याण्डका राजा महा वजिरलङ्कोर्ण यतिबेला एउटा विलासी होटेलमा सेल्फ क्वारेन्टाइनमा बसिरहेको समाचार सार्वजनिक भएको छ ।
बेलयतबाट प्रकाशित हुने द इण्डिपेन्डेन्ट अखबारका अनुसार उनी यतिबेला जर्मनीको दक्षिणी शहर गेर्मिस–पार्टेनकिर्चेनको ग्राण्ड होटेल सोनेबिखलमा बसिरहेका छन् । सोही शहरमा रहेका अरु होटेल भने बन्द छन् ।
२० युवती र नोकरचाकरसहित ६७ वर्षे राजालाई सेल्फ क्वारेन्टाइनमा बस्न दिनका लागि प्रशासनले विशेष अनुमति दिएको जनाइएको छ । उनीसँगै सेल्फ क्वारेन्टाइनमा बसिरहेका २० जनामध्येमा उनका श्रीमतीहरु छन् कि छैनन् भन्ने अझै स्पष्ट नभइसकेको जर्मनीबाट प्रकाशित हुने बिल्ड अखबारले जनाएको छ ।
यता स्वेदशमा भने राजाको यो कदम निकै अलोकप्रिय बन्न पुगेको छ । थाइल्याण्डको सामाजिक सञ्जालमा ‘हामीलाई किन राजा चाहियो’ भन्ने ह्यास्ट्याग ट्रेण्डिङमा छ । थाइल्याण्डमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ७ सय ७१ जना संक्रमित छन् भने कोरोना भाइरसका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी