×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : थानकोटमा २ दिनदेखि अलपत्र परे सर्वसाधारण, कैलालीमा बन्दुक भेटियो (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : थानकोटमा २ दिनदेखि अलपत्र परे सर्वसाधारण, कैलालीमा बन्दुक भेटियो (फोटो-कथा)

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कैलालीमा घरमा लुकाइराखेको अवस्थामा बरामद गरिएको भरुवा बन्दुकदेखिका काठमाडौँको थानकोटदेखि गाडि पाउने आशले दुई दिनदेखि उद्यानमै अलपत्र परेका सर्वसाधारणसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
लकडाउन अवधिमा विभिन्न जिल्लाबाट हिँडेर आफ्नो घर जान दाङ आइपुगेका नागरिक । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाई, तुलसीपुर उपमहानगरपालिका र यस क्षेत्रका क्रियाशील संघ संस्थाको समन्यमा बाटोमा अलपत्र परेका यात्रीलाई खाना खुवाएर गाडीको व्यवस्था गरी उनीहरुलाई घर पठाउन लागेको हो  ।
प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाका एक  व्यक्तिका घरमा लुकाइराखिएका अवस्थामा गए राति बरामद गरेको भरुवा बन्दुक । 
ललितपुरको कृष्ण गल्लीस्थित भाटभटेनीमा सामान खरिद गर्न लामबद्ध सर्वसाधारण । कोभिड–१९ को जोखिमबाट बच्न सामाजिक दूरी कायम गरिएको  हो ।
कैलालीको मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाका चन्द्रराज गिरीको घरभित्र अवैध रुपमा लुकाएर राखेको काठ ।  काठ प्रहरीले बरामद गरी डिभिजन वन कार्यालय पहलमानपुर बुझाएको छ ।
पुतलीसडकको टुकुचा खोलादेखि बागबजार हुँदै कुमारीहलसम्म ढल राख्नका लागि शुरु गरेको काम बन्द भएपछि सोमबार पुनः शुरु । लकडाउनका कारण सो काम बन्द भएको हो । 
धनगढी प्याब्सनका प्रतिनिधि सोमबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई रु एक लाख ११ हजार १११ को सहयोग चेक हस्तान्तरण गर्दै ।
अमेरिका र बेलायतमा बस्ने  नेपालीको टोली  माया बी संस्थामार्फत सङ्कलित रकमबाट पाल्पा रामपुर नगरपालिकामा बसोबास गर्ने शारीरिक अशक्त भएका नागरिकलाई खाद्यान्न वितरण ।
जाँतोमा मुसुरोको दाल पिस्दै कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ का महिला । यस वर्ष वर्षा बढी भएकाले  कञ्चनपुरमा मुसुरो उत्पादनमा ह्रास आएको छ ।
विपन्न तथा ज्यालादारीलाई कैलालीको लम्की चुहा –६ मा सामाजिक दुरी कायम गरी टोल टोलमा गएर वडाध्यक्ष नेत्र मगरले वितरण गरेको राहत  लिएर घरतर्फ जाँदै नागरिक । दैनिक ज्यालादारीको भरमा जीवन निर्वाह गर्नेहरु राहत पाएपछि खुशी भएका छन् । 
बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी खोला आसपासको खेतमा आलु खन्दै किसान । गत बिहीबार परेको असिना पानीले आलुको बोट नष्ट गरेपछि  किसानले समय अगावै आलु खनेका हुन् ।
काठमाडौँको थानकोटस्थित त्रिभुवन पार्कमा घर फर्कन आएका सर्वसाधारण । बस चढ्न पाउने आशले  यहाँ आएका  उनीहरु दुई दिनदेखि उद्यानमै थन्किएका छन् । 
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा आइतबार साँझ भएको जीप दुर्घटना । मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको ग २ च २४०२ नं को जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् । 
कोभिड –१९ को सङ्क्रमण फैलिन नदिन सोमबार सिद्धार्थनगरपालिकाको प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा  भैरहवामा बसेको  विपत व्यवस्थापन समितिको बैठक  । लकडाउनको अवधिमा पनि सीमावर्ती क्षेत्रबाट आवतजावत नरोकिएपछि  सीमा क्षेत्रलाई थप कडाई गर्न  बैठक बसेको हो । 
पुतलीसडकको टुकुचा खोलादेखि बागबजार हुँदै कुमारीहलसम्म ढल राख्नका लागि पुतली सडकमा ल्याइराखिएका ह्यूम पाइप । लकडाउन हुनुअघि शुरु भई बन्द रहेको उक्त काम सोमबारबाट पुुनः शुरु गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: