- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । बसमा यात्रु लिएर आएका सवारी साधनलाई उतै फर्काउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनले विरामी बाहेकलाई अन्यलाई काठमाडौँ छिर्न नदिइने बताए ।
विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा बस पठाएको थियो । त्यसमा अलपत्र गरेर काठमाडौं जान चाहने १६० जनालाई पनि पठाइएको थियो । तर प्रहरीले थानकोटमै रोकेको छ ।
विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् । गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरिसकेको गृह मन्त्रालयका प्रवक्ता केदार शर्माले जानकारी दिए ।