×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

द इन्टरनेशनल एसोसिएशन अफ लायन्स क्लबको सामाजिक कार्य : स्वास्थ्य मन्त्रालयललाई स्वास्थ्य सामग्री सहयोग

LAXMI SUNRISE BANK

द इन्टरनेशनल एसोसिएशन अफ लायन्स क्लबको सामाजिक कार्य : स्वास्थ्य मन्त्रालयललाई स्वास्थ्य सामग्री सहयोग

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ‘द इन्टरनेशनल एसोसिएशन अफ लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।  क्लबले आइतबार(आज) मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई ५७ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सबै सहयोगी मनहरुको साथ र सहयोगका कारण नेपालले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा सफलता पाउँदै गएको बताउनुभयो । उहाँले सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक सङ्घ संस्थालगायत सबै पक्षको साझा अभियानका कारण नेपाल कोभिड–१९ विरुद्धको लडाइँमा सफल हुँदै गएको बताउनुभयो । अप्ठ्यारो परेको बेला राज्यसँग सँगै छौँ भन्ने अभियानको कारणले गर्दा नै विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाललाई उच्च जोखिम भएको देशबाट हटाएको बताउनुभयो ।
उहाँले सबैको सहयोग मिलेको कारण अहिले उपचार र स्वास्थ्य सामग्रीहरुको विषयमा पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउनुभयो । लायन्स क्लबले मन्त्रालयलाई दुई हजार सेट पीपीई, पाँच हजार थान एन ९५ मास्क ९मुखावरण०, सर्जिकल ग्लोब्स पाँच हजार थान र एक्जामिनेशन ग्लोब्स २० हजार थान उपलब्ध गराएको छ । यसबाहेक पनि क्लबले विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्दै आएको, विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई खाद्यान्न एवं अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी