×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुसीको खबर पनि सुनौं न ! ६ नेपाली युवा ‘थर्टी अन्डर थर्टी–एसिया’ को सूचीमा (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

खुसीको खबर पनि सुनौं न ! ६ नेपाली युवा ‘थर्टी अन्डर थर्टी–एसिया’ को सूचीमा (विस्तृत विवरणसहित)

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाण्डौ । एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा यस वर्ष नेपालका ६ जना युवा पर्न सफल भएका छन् ।  विश्वप्रसिद्ध पत्रिका फोब्र्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी–एसिया’ को सूचीमा यस वर्ष नेपालबाट निकिता आचार्य, किरण तिमिल्सिना, शुभांगी राणा, जेसेलिना राणा, रोहित तिवारी र प्रतिमा शेर्पा परेका हुन् ।  प्रतिमा गल्फर हुन् भने अन्य पाँचजना उद्यमी हुन्।
निकिता र किरण ‘अर्बन गर्ल’ नामक कम्पनीका संस्थापक हुन् । सन् २०१२ मा यो कम्पनी २ सय अमेरिकी डलरको लगानीबाट सुरु गरिएको हो ।  यो कम्पनीले टिसर्ट, वाटर बोटल, मेकअप तथा ज्वलेरीका सामग्री बेच्दै आएको छ । पोखरामा पनि यसले आफ्नो व्यवसाय विस्तार गरेको छ। रोहित ‘फुड मारियो’ नामक अनलाइन कम्पनीका एक संस्थापक हुन् । यो कम्पनीले खानेकुरा डेलिभरी गर्दै आएको छ । शुभांगी र जेसेलिना ‘प्याड टुगो’ नाम कम्पनीका संस्थापक हुन् । यो कम्पनी सन् २०१८ बाट सञ्चालनमा आएको हो । यसले महिनावारी स्वास्थ्य र यससँग जोडिएका रुढिवादी परम्पराविरुद्ध सचेतना जगाउने काम गर्छ । यसले नेपालका ४ वटा प्रदेशमा करिब ८० वटा स्यानिटरी प्याड भेन्डिङ मेसिन राखेको छ । कम्पनीको यसअघि स्विट्जरल्यान्डमा आयोजित ‘आगुसान वर्कसप’ प्रथम भएको थियो । 
प्रतिमा फोब्र्सको खेलतर्फको सूचीमा पर्न सफल भएकी हुन् । उनी ११ वर्षको उमेरदेखि गल्फ खेलमा रुचि राख्निथ् । उनको प्रतिभाबारेको समाचार ‘गल्फ डाइजेस्ट’ पत्रिकाले छापेपछि अमेरिकी गल्फर टाइगर उड्सले उनलाई उतै लगेका छन् । उनी अहिले अमेरिकामै अध्ययनका साथै गल्फ करियरलाई अगाडि बढाइरहेकी छिन् । 
यस वर्ष फोब्र्सको ‘थर्टी अन्डर थर्टी–एसिया’ को सूचीमा नेपालसँगै फिलिपिन्स, मलेसिया, बंगलादेश, दक्षिण कोरियालगायतका देशका युवा उद्यमी तथा समाज परिवर्तनको संवाहक बनेका व्यक्तिहरु पर्न सफल भएका छन्  ।  विभिन्न १० विधामा ३०-३० जना छानिएका हुन्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: