
- अर्थ सरोकार सम्बाददाता
धनगढी – कैलालीमा कोरोना संक्रमित भेटिएको भन्दै समाजिक संजाल फेसबुकमा भ्रम फैलाउने एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्वर २ बस्ने पवन कुमार भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
भट्टराईले फेसबुकमा ‘भाईरसको संक्रमित टीकापुर नगरपालिका वडा नम्वर १ ब्लक नम्वर १० मा भेटियो’ लेखेका थिए । नागरिक माझ सन्त्रास एवं अफवाह फैलाएको देखिएकोले आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।
यसो त अहिले कैलाली र कन्चनपुरका ४ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । उनीहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्