
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि तरकारी तथा फलफूल अनिवार्य रुपमा निसंक्रमण गर्नुपर्ने तयारी थालिएको छ । काठमाण्डौ महानगरपालिकाले काठमाण्डौमा भएका पार्टी प्यालेसहरु सञ्चालनमा नआउन्जेल ती ठाउँबाट निसंक्रमण गरिएका तरकारी तथा फलफूल बिक्रीवितरणको तयारी थालेको हो । त्यहाँबाट प्याकेजिङ गरिएका तरकारी तथा फलफूल बिक्रीवितरणको व्यवस्था मिलाइने महानगरले जनाएको छ ।
छिट्टै पार्टी प्यालेसबाट तरकारी तथा फलफूल बिक्रीवितरणको व्यवस्थापन मिलाउने तयारी भइरहेको पनि महानगरले जनाएको छ । सुरक्षित व्यवहारबाट सम्भावित जोखिम घटाउने कामलाई महानगरले प्रवद्र्धन गर्ने तयारी गरेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा भीड बढेपछि अहिले खुद्रा बिक्रीवितरण रोकिएको छ । महानगरले वैकल्पिक बजारका लागि विभिन्न ११ ठाउँ उपलब्ध गराए पनि अधिकांश स्थानमा शौचालय तथा पानीको व्यवस्था नभएको भन्दै व्यापारीहरु जान नमानेपछि पार्टी प्यालेसबाट तरकारी तथा फलफूल बिक्री गर्ने योजना महानगरले बनाइएको हो ।
त्यसो त गैरआवासीय नेपाली संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबारदेखि बसुन्धरामा तरकारी तथा फलफूल बिक्रीस्थल सञ्चालनमा ल्याएको छ । त्यहाँ कोरोनाभाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण तरकारी तथा फलफूल निसंक्रमण गरी प्याकेजिङ गरी बिक्रीवितरण गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्