Skip to content
LAXMI SUNRISE BANK

मुख्यमन्त्री भट्ट भन्छन् – ‘कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने गरी काम गर्दैछौ’

अर्थ सरोकार

  • रासस
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा थप प्रभावकारी बनाउने भएको छ। कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। 
मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको स्वास्थ्य निर्देशनालयका अधिकारीकारीलाई बोलाएर कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा अहिलेसम्म भए गरेका कामबारे जानकारी लिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए। 
छलफलमा स्वास्थ्य निर्देशनालयका अधिकारीहरुले अहिलेको असाधारण परिस्थितिमा आन्तरिक तयारी सन्तोषजनक रहेको मुख्यमन्त्री भट्टलाई जानकारी गराइएको बताइएका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK