
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने विषयमा प्रदेश कार्यालयमा कुनै जानकारी र समन्वय नभएको बताउनुभएको छ । मुख्यमन्त्री भट्टले फोन संवाद गर्दै यसबारेमा प्रदेश सरकारसंँग समन्वय नगरिएको कुरो मान्य हुने छैन भन्नुभयो ।
मुख्यमन्त्री भट्टले प्रदेश प्रहरी ऐन नियमावली बन्न बाँकी रहेको र बनिसकेपछि प्रदेश प्रहरी कार्यालय कहाँ राख्ने भन्ने विषय प्रदेश सरकारको भएकाले अहिले नै आफुखुशी कार्यालय सार्नु भनेको प्रदेश सरकारको अधिकार हनन गर्नु सरह भएको प्रतिक्रिया दिनुभयो । “दिपायलमा रहेको प्रदेश प्र हरी कार्यालय र अस्पताल सार्ने विषयको कुरोमा म गृह मन्त्रालयमा कुरो गर्छु, समन्वय नगरी अहिले नै कार्यालय सार्न उपयुक्त छैन, अहिले जो कार्यालय जहाँ छन् त्यहीँ यथावत रहने छन्”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “दिपायलमा रहेको अस्पताल प्रहरीको लागि मात्रै नभएर अन्य आम नागरिकको उपचारका लागि स्थापना भएको हो, बरु नयाँ सुविधासम्पन्न अस्पताल जहाँ खोल्दा पनि हुन्छ तर अस्पताल सार्ने विषय भनेको कसैका लागि पनि फाइदाजनक हुँदैन ।”
कर्मचारीको बिमा गर्दै नगरपालिका
दिपायल नगरपालिकाले कोभिड–१९ विरुद्धको अभियानमा खटिने स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी र करार कर्मचारीको बीमा गर्ने भएको छ । कोरोनाविरुद्धको अभियानमा सबैभन्दा बढी खटिने करार कर्मचारीको पनि बीमा गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकामा भएका स्थायी कर्मचारीको भने संघीय सरकारले बीमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा खटिने सबै कर्मचारीको जोखिमलाई हेरेर रु ८ लाखदेखि १० लाखसम्मको बीमा गर्ने निर्णय गरिएको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्