
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहिले चौतर्फी आलोचना भइरहेको छ । उनले किटाणु मार्ने इक्जेक्सन बिरामीको शरीरमा लगाउँदा (डिस्इन्फेक्टेन्ट गर्दा) कोरोना ठिक हुनसक्ने बताएका थिए । उनले बिरामीको शरीरमा युभी लाइट पठाउँदा पनि भाइरस मर्नसक्ने बताएका थिए । चिकित्सकहरुले यी दुबै कुरा वाहियात रहेको भन्दै विरोध गरेका छन्
ट्रम्पका एक अधिकारीले सूर्यको प्रकाश र डिइन्फेक्सनले संक्रमण मार्ने बताएका थिए । डिस्इन्फेक्टेन्ट खतरनाक पदार्थ हो, शरीरमा इन्जेक्सनमार्फत लगाउँदा विषालु पनि हुनसक्छ । त्यस्तै, छाला, आँखा र स्वासप्रश्वासमा प्रकाशको सम्पर्कले खतरा पैदा गर्नसक्छ ।
ट्रम्पले के भनेका थिए ?
बिहीबार कोरोना भाइरसबारे ह्वाइटहाउसमा भएको ब्रिफिङमा एक अधिकारीले अमेरिकी सरकारको अनुसन्धान सार्वजनिक गरेका थिए । यस अनुसन्धानमा सूर्यको प्रकाश र तातोसँग सम्पर्कमा आएपछि कोरोना भाइरस कमजोर हुने उल्लेख थियो । यस अध्ययनले ब्लिचले ५ मिनेटभित्रै ¥यालमा रहेको मार्नसक्ने र अल्कोहल आइस्प्रेपलले अझै चाडों खतम गर्ने समेत जनाएको थियो ।
युएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरियटीका साइन्स एन्ड टेक्नोलोजी निर्देशक बिलियम ब्रायनले यस खोजीबारे पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । ट्रम्पले यसबारे थप अध्ययन गरिने बताएका थिए । ‘त्यसैले हामीले सायद शरीरमा अल्ट्रभ्वाईलेट वा धेरै शक्तिशाली प्रकाश दिनेछौं,’ ह्वाइटहाउस कोरोना भाइरस रेस्पोन्स कोओर्डिनेटर डाक्टर डिबोरा ब्रिक्सतर्फ फर्किएर ट्रम्पले भनेका थिए, ‘मलाई लाग्छ तपाईले भनेअनुसार अहिलेसम्म यसबारे जाँच भएको छैन र तपाईहरु परीक्षण गर्दै हुनुहुन्छ । र मैले भनेको थिएँ, तपाईले प्रकाशलाई शरीरभित्र कहाँबाट ल्याउनुहुन्छ छाला या अन्इ माध्यमबाट र मलाई लाग्छ तपाईले भन्नुभएको थियो कि यसबारे पनि तपाईहरु जाँच गर्दै हुनुहुन्छ । यो निकै राम्रो हुनसक्छ ।’
उनले बिक्सतर्फ फर्किएर फेरि सोधेका थिए, ‘कोरोना भाइरसको उपचारमा ताक्रम र प्रकाशको प्रयोग गरिएको कहिल्यै सुन्नु भएको छ ।’ जवाफमा ब्रिक्सले भनेकी थिइन्, ‘ उपचारका रुपमा छैन । मेरो भनाई ज्वरो राम्रो कुरा हो । जब तपाईलाई ज्वरो आउँछ तब तपाईको शरीरलाई प्रतिक्रिया जनाउने यसले सहयोग गर्छ भन्ने हो । तर मैले प्रकाश वा तापक्रमबारे देखेको छैन ।’
ट्रम्पले जवाफमा भनेका थिए, ‘मलाई लाग्छ अब हेर्नुपर्छ ।’ एक पत्रकारले ब्रिफिङका दौरान ट्रम्पको यस्तो गैर जम्मेवार अभिव्यक्तीले अमेरिकीमाझ भ्रम फैलाउन सक्ने भन्दै प्रश्न गरेका थिए ।
चिकित्सकद्धारा आलोचना
ट्रम्पको यस्तो योजनाले ज्यानै लिनसक्ने भन्दै चिकित्सकले आलोचना गरेका छन् । पुल्मोनोलोजिस्ट डाक्टर भिन गुप्ताले एनबीसी न्युजसँग भनेका छन्, ‘मानिसको शरीमा क्लिन्सिङ उत्पादन इन्जेक्ट गर्ने यस्तो योजना गैरजिम्मेवार र खतरनाक छ । यो साझा उपाय मानिसले आत्महत्या गर्न चाहेका बेला प्रयोगमा ल्याउने गरेका छन् ।’
पश्चिम भर्जिनिया, चार्लिस्टनस्थित डाक्टर कासिफ महोम्मदले ट्वीट गरेका छन्, ‘फिजिसियनका रुपमा म कोभीड–१९ को उपचारका लागि फोक्सोमा डिस्इन्फेक्टेन्ट इन्जेक्ट गर्न वा शरीरमा युभी रेडियसन पठाउने सिफारिस गर्न सक्दिंन । ट्रम्पबाट स्वास्थ्य सल्लाह नलिनुस् ।’
जुकरवर्ग सान फ्रान्सिस्को जनरल अस्पतालका पोल्मोनोलोजिस्ट जोन बाल्मेसले पनि यसको विरोध गरेका छन् । यसअघि ट्रम्पले मलेसियाको औषधी ‘हाइड्रोक्सिक्लोरोक्विन’ कोरोना भाइरसको उपचारका लागि सम्भावित औषधी हुनसक्ने दाबी पनि गरेका थिए । यद्यपी, पछिल्लो समय उनले यसबारे बोलेका छैनन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीका प्रत्यासी रहेका जो बाइडेनले ट्वीटरमा ट्रम्पको मजाक गर्दै लेखेका छन्, ‘युभी लाईट रु इन्जेक्टिङ डिस्इन्फेक्टेन्ट रु यहाँ योजना छ ।’ उनले राष्ट्रपतिलाई धेरैभन्दा धेरै परीक्षणमा जोड दिन र स्वास्थकर्मीलाई अत्यावश्यक पिपिईको व्यवस्था गर्न सुझाव दिएका छन् । –बीबीसीबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्