×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रम्पको यस्तो घोषणा, अव अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ट्रम्पको यस्तो घोषणा, अव अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द हुने

Artha Sarokar

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम केहि समयको लागि स्थगित गरेको छ । अमेरिकाले ग्रिनकार्ड सम्बन्धी प्रक्रिया अबको दुई महिना अर्थात ६० दिनसम्मको लगी बन्द गर्ने घोषणा गरेका छन् ।
मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन । अब कम्तिमा पनि ६० दिनसम्म अमेरिकामा ग्रिन कार्डका सबै प्रक्रिया रोकिनेछन् । आवश्यक परेको खण्डमा थप एक महिना बढाउन सकिने राष्ट्रपति ट्रम्पको भनाई छ ।
कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले बताएका छन् । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागू हुनेछैन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी