
- अर्थ सरोकार सम्बाददाता
दाङ – आइतबारदेखि तुलसीपुर क्षेत्रमा खाद्यान्न पसलहरु प्रत्येक दिन बिहान ९ बजेसम्म खुला रहने भएका छन् ।
स्थानीय सरकार र प्रशासनले आइतबारदेखि तुलसीपुर क्षेत्रमा खाद्यान्न पसलहरु प्रत्येक दिन बिहान ९ बजेसम्म खुला रहने निर्णय गरेको हो ।
शुक्रबार तुलसीपुर क्षेत्रमा मनिसहरुको अत्यधिक भिड देखिएपछि स्थानीय प्रशासनले तत्काल नियन्त्रण गर्न प्रहरी परिचालन गरेको थियो । जिल्ला प्रशान कार्यालय, तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा नयाँ वर्षको अवसरमा तुलसीपुर क्षेत्रका अति खाद्यान्नका पसलहरु सञ्चालनमा ल्याउने निर्णय गरेको संघका अध्यक्ष वीरु रावतले बताए । बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न, दुध, तरकारी र माछामासुको पलसहरु खुल्ने छन्।
यसअघि तुलसीपुरमा हप्तामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार मात्रै बिहान दुई घन्टा किनमेल गर्न पाउने नियम लागू गरिएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्