
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । टिभी टुडे टेलिभिजनले बैसाख १ गते (आज) बाट एचडी प्रविधिमा प्रशारण सुरु गरेको छ । स्थापनाको छैटौँ बर्षमा प्रवेश गरेकै दिन टेलिभिजनले एचडि प्रविधिमा प्रशारण सुरु गरेको हो । ‘बिकासका लागि समर्पित’ टेलिभिजनका रुपमा आफ्नो छुट्टै छवि बनाएको टेलिभिजन स्थानीय तहसँग सम्बन्धित सबैभन्दा बढी सामाग्री प्रशारण गर्ने टेलिभिजनसमेत हो ।
टेलिभिजनका ‘सार्वजनिक सुनुवाई’, टुडे सम्बाद, लगायतका कार्यक्रम निकै चर्चित छन् भने स्थानीय तहसँग सम्बन्धित सामाग्रीहरु पस्कने मामलामा टेलिभिजन नेपालका टेलिभिजनहरुमध्येमै अब्बल मानिन्छ । स्थापनाको छोटो समयमा नै टेलिभिजनहरुमध्ये आफुलाई ‘फरक रुपमा’ स्थापित गराउन सफल यस टेलिभिजनलाई जनक राज पन्तले नेतृत्व गरिरहेका छन् ।
स्मरण रहोस् ‘अर्थ सरोकार’ले आफ्नो टेलिभिजन कार्यक्रमको यात्रा पनि सोहि टेलिभिजनबाट सुरु गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्