- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बेलायतमा कोरोना भाइरसका कारण थप १ जना नेपालीको ज्यान गएको छ । पोखरा स्थायी घर भएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले जानकारी दिए ।
उनी बेलायतको रेडिङमा बस्दै आएका थिए । आइतबार मृत्यु भएका विजयका बारेमा अस्पतालले २ दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । यो सँगै बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ हजार नाघेको छ भने संक्रमितको हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।