Skip to content
LAXMI SUNRISE BANK

बेलायतमा कोरोनाका कारण थप एक नेपालीको निधन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बेलायतमा कोरोना भाइरसका कारण १ नेपालीको मृत्यु भएको छ । झापा घरभई अहिले बेलायतको रेडिङमा बस्दै आएका हंसराज लिङ्देनको बुधबार रोयल बर्कसायर अस्पतालमा कोरोना संक्रमणका कारण निधन भएको हो ।
उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए । दुई पटक परीक्षण गर्दा पनि उनमा कोरोना पोजिटिभ देखिएको थिएन तर तेस्रोपटक चेक जाँच गर्दा कोरोना पोजेटिभ पुष्टी भएको उनका नातेदार विजयविक्रम लिङ्देनले जानकारी दिए । उनलाई तीन दिन अघि मात्र कोरोना पोजिटिभ पुष्टी भएको थियो । लिङ्देन सुगर र प्रेसरका विरामी थिए । उनलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK