- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३ हजार नजिक रहेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या २ लाख ३ हजार २८९ रहेको छ।
यस्तै संक्रमण हुनेको संख्या पनि साढे २९ लाख नाघेको छ । अहिलेसम्म विश्वभर २९ लाख २१ हजार ४३९ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ८ लख ३६ हजार ९७८ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १८ लख ८१ हजार १७२ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १० लाख ४० हजार २६७ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार नाघेको छ यस्तै इटालीमा मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ भने स्पेनमा २३ हजार नजिक रहेको छ । फ्रान्समा पनि मृत्यु हुनेको संख्या २३ हजार नजिक छ । बेलायतमा अहिले सम्म २० हजार बढीको ज्यान गैसकेको छ ।