×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रयोगकर्ताका डाटा ह्याक भएको भायनेटद्वारा स्वीकार, सबैसँग माग्यो माफी, प्रहरीमा उजुरी पनि गर्यो (बिज्ञप्तिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रयोगकर्ताका डाटा ह्याक भएको भायनेटद्वारा स्वीकार, सबैसँग माग्यो माफी, प्रहरीमा उजुरी पनि गर्यो (बिज्ञप्तिसहित)

Artha Sarokar

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटका लाखौँ युजरहरुको डाटा ह्याक भएको स्वीकारेको छ । साइबर आक्रमणबाट भायानेटका करिब १ लाख ५० हजार भन्दा बढी प्रयोगकर्ताका व्यक्तिगत विवरण बाहिरिएको खबर पहिलोपटक अर्थ सरोकारले ब्रेक गरेपछि यो घटना बाहिरिएको थियो । एक ह्याकरले भायनेटका सम्पूर्ण डाटाहरु ह्याक गरिदिएका हुन् । जसमा जसमा प्रयोगकर्ताका नाम, ठेगाना, इमेल एड्रेस तथा फोन नम्बरहरु रहेका छन् । जसले गर्दा ग्राहकका विवरणहरु बाहिरिएका छन् । एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्ना प्रयोगकर्ताहरुका डाटा ह्याक भएको स्वीकारेको छ । 
लिक भएका डेटा डार्क वेबमा राखिएको छ । बाहिरिएका डेटाहरु ओनियन लिंकमा छन् । जुन डेटा हेर्न ‘टोर’ ब्राउजरको प्रयोग गर्नुपर्ने हुन्छ । केही हप्ता अगाडी मात्रै खाना तथा खाजा अनलाइन डेलिभरी गर्ने कम्पनी फुडमाण्डुमा पनि साइबर हमला भएको थियो । कम्पनीले प्रहरीमा उजुरी गरेर सो डाटा सम्बन्धित ठाउँबाट हटाउनसमेत आग्रह गरेको छ । सबै प्रयोगकर्ताहरुसँग माफी माग्दै भायानेटले निकालेको विज्ञप्ति यस्तो छ : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी