
काठमाडौँ । इन्टरनेट सर्भिस प्रोभाईडर भायनेटका युजरहरुसँग सम्बन्धित एक लाख बढी विवरणहरु ह्याक आशंका गरिएको छ । केहि समय अघि ‘अननवन नम्बर’ भन्दै फोन आएकोसमेत प्रयोगकर्ताहरुले बताईरहेका छन् भने ट्वीटरका केहि प्रयोग कर्ताहरुले आफुसँग विवरणको फाइल नै रहेकोसमेत दावी गरेका छन् ।
अहिले सामाजिक संजालमा यो विषय निकै तातेको छ । केहि समय अगाडी मर्कन्टाइल कम्युनिकेसनका डाटाहरु पनि ह्याक भएका थिए । अहिले त्यसै गरी भायनेटका युजरहरुको नाम, इमेल आइडी, फोन नम्बर र तीनले प्रयोग गर्ने पासवर्डसमेत ह्याक भएको चर्चा गरिएको छ ।

कम्पनी भन्छ, ‘बुझ्दैछौँ’
यता यस विषयमा बुझ्न हामीले कम्पनीका मिडिया हेर्ने व्यक्तिरविन पाण्डेसँग कुराकानी गरेका थियौँ । उनले यस विषयमा आफुलाई केहि पनि थाहा नभएको र बुझेर खबर गर्ने बताएका छन् । ‘मलाई यस विषयमा थाहा छैन । म बुझ्दैछु । बुझेर खबर गर्छु ।’ उनले भने । हामीले आइटी हेडको सम्पर्क शुत्र माग्दा उनले दिन आनाकानी गरे । यसले पनि कतै न कतै केहि बिग्रेको छ भन्ने शंका गर्ने ठाउँ दिएको छ ।


यस विषयमा थप विवरण लिने प्रयास गर्दैछौँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्