
काठमाडौं । सरकारले लकडाउनको अवधिभर इन्टरनेटको सेवा शुल्क तिर्न नसकेका ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको गुनासो नेपाल दूरसञ्चार प्राधिकरणमा पुगेपछि अहिलेको अवस्थमा अत्यावश्यक सेवाहरु सूचारु राख्नु पर्ने भन्दै सरकारले यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको छ ।
अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको एक सूचना जारी गरेर जानकारी दिइएको छ । यता सेवा प्रदायकहरुले भने शुल्क नउठ्दा भारतबाट इन्टरनेट खरिद गरेर ल्याएको शुल्क तिर्न समस्या भएको गुनासो गरिरहेका छन् ।
लकडाउनका कारण अहिले इन्टरनेटको प्रयोग ह्वात्तै बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्