×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’मा थप कडाई, पासबिना चलेका ८ सय सवारी प्रहरीको नियन्त्रणमा !

GLOBAL IME BANK
SHREE KESH

‘लकडाउन’मा थप कडाई, पासबिना चलेका ८ सय सवारी प्रहरीको नियन्त्रणमा !

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लकडाउनलाई आजदेखि थप कडा पारिएको छ । सोमबार गृह मन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्लामा लकडाउन थप कडा पारिएको हो ।
प्रहरीले सडकमा हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ । यसैबीच लकडाउन उल्लंघन गर्ने अर्थात् बिनापास चलेका आठ सय १४ सवारीसाधनलाई प्रहरीले काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ। आज साढे ११ बजेसम्म ८ सय १४ सवारीसाधनलाई नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ८१४ मध्ये दुई पाङ्ग्रे सवारीसाधन ७२१ छन् भने ९३ चार पाङ्ग्रे सवारीसाधन छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या बढेसंगै लकडाउनको अवधि पनि बढी रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: