
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या २ लाख ७ हजार ८ रहेको छ।
यस्तै संक्रमण हुनेको संख्या पनि साढे ३० लाख नजिक छ । अहिलेसम्म विश्वभर २९ लाख ९५ हजार १५२जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ८ लख ८१ हजार ५१० जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १९ लाख ६ हजार ६३४ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १० लाख ८८ हजार ५१८ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ यस्तै इटालीमा मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ भने स्पेनमा २३ हजार नाघेको छ । फ्रान्समा पनि मृत्यु हुनेको संख्या २३ हजार नजिक छ । बेलायतमा अहिले सम्म २० हजार बढीको ज्यान गइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्