काठमाडौं – न्युजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले मुलुकमा जारी लकडाउन उल्लंघन गरेका छन् । जसका कारण उनको पद घटुवामा परेको छ । कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउनको क्रममा साइकल यात्रामा निस्किएपछि उनी घटुवामा परेका हुन् । मन्त्रीको जिम्मेवारी खोसेर उनलाई सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको छ ।
द गार्जियनका अनुसार क्लार्कले लकडाउनको समयमा परिवारसँग २० किलोमिटर यात्रा गरेको स्वीकारेका छन् । उनले यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिएका छन् ।
स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो । न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्डा एर्डेनले सामान्य अवस्थामा भए उनलाई निलम्बन गरिने तर कोभिड–१९ विरुद्धको लडाइँमा उनको साथ आवश्यक रहेको बताएकी छिन् । एक विज्ञप्तिमार्फत् उनले आगामी दिनमा उनले न्युजिल्याण्डका लागि राम्रो भूमिका निर्वाह अपेक्षा गरेकी छिन् ।
न्युजिल्याण्डमा मार्च २५ मा चार साता लामो लकडाउन शुरु भएपछि उल्लेख्य मात्रामा यसको उल्लंघन पनि भइरहेका छन् । एक समयमा सरकारको उजुरी गर्ने वेबसाइट नै अन्यधिक लोडका कारण क्र्यास भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्