×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनले रोकियो दुई कम्पनीको आईपीओ निष्कासन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लकडाउनले रोकियो दुई कम्पनीको आईपीओ निष्कासन

Artha Sarokar

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठामाडौं । सरकारले जारी गरेको लकडाउनका कारण २ कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन रोकिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन भएकाले लिबर्टी इनर्जी कम्पनी र युनाइटेड आईडीआई मार्दी एण्ड आरबी हाइड्रोपावरको आईपीओ निष्कासन रोकिएको हो ।
लिबर्टीले गत फागुन २६ गते देखि १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यस्तै युनाइटेड आईडीआईले चैत १० गतेबाट ४ लाख २० हजार आईपीओ निष्कासन गर्ने मिति तय गरेको थियो ।
तर, लिबर्टीले छिटोमा चैत ११ गते ढिलोमा चैत २६ गते आईपीओ निष्कासन बन्द गर्ने मिति तय गरेको भए पनि लकडाउन लम्बिँदै गएपछि ढिलाइ भएको छ । विक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 
त्यसैगरी, युनाइटेड आईडीआई मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले ४ लाख २० हजार कित्ता आईपीओ स्थानियको लागि चैत १० गतेदेखि निष्कासन गर्ने तयारी रहेको थियोे । आईपीओ निष्कासन बन्द मिति छिटोमा २०७६ चैत २४ र ढिलोमा २०७७ वैशाख ९ गतेसम्म तय गरेको थियो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा रेटिङ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी